दाङ, २० माघ । दाङमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरी निवासी २७ वर्षिय सुनिल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ ( दोलै खोला)नजिक गएराति १० बजेको समयमा रोल्पाबाट लमही तर्फ जादै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडीले पश्चिमदेखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
मृतक चालकको टाउको छेदविच्छेद भएर चुडिएको छ । मृतकको शवलाई लमही पठाइएको छ भने गाडी चालक घाइते भएका छन् । गाडी चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका -२ निवासी २४ वर्षिय आस्वीन सुनार घाइते भएको प्रहरीले जनाएको छ । सुनारको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरीएको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।