तुलसीपुर, १९ माघ । दाङको तुलसीपुरमा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । गत मंसिर १ गतेदेखी पुस मसान्तसम्म तुलसीपुरका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (वरिष्ठ सई) इश्वरी देवकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंसिरमा मात्रै एउटा जिप, एउटा ट्याक्टर र तिनवटा मोटरसाइकल दुर्घटनामा परी पाँच जना पुरुषको मृत्यु भएको छ भने पुसमा चारजनाको मृत्यु भएको छ । जसमध्य बस दुर्घटनामा परी एकजनाको मृत्यु हुदा मोटरसाइकल दुर्घटनाबाट दुई र अटो दुर्घटनाबाट एक गरी चारजनाको मृत्यु भएको हो । पुसमा मृत्यु हुनेमा दुईजना पुरुष, एक महिला र एक बालक रहेका छन् । पछिल्लो समय तुलसीपुर बजार क्षेत्रमा हुने ठुला सवारी दुर्घटनामा कमि आएपनि अन्य आसपासमा क्षेत्रमा भएका दुर्घटनामा परी यो संख्यामा मृत्यु भएको हो ।
ट्राफिक प्रमुख देवकोटाका अनुसार सवारी दुर्घटनाको मुख्य कारण तिव्र गतिलाई मानिएको छ । अधिकांस मोटरसाइकलहरु तिव्र गतिकै कारण दुर्घटनामा पर्ने गरेका छन् । त्यसपछी दोस्रोमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना हुने गरेको पाइएको छ । यस्तै जिर्ण सडकका कारण पनि दुर्घटना हुने गरेको भनिएपनि राम्रो सडकमा झन बढि दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाको भनाई छ । कमजोर सडकमा चालक सचेत भएर विस्तारै चलाउने भएपनि खुल्ला र चिल्ला सडकमा तिव्र गतिमा हुइक्याउने भएकाले दुर्घटना हुने गरेको पाइएको हो । तुलसीपुरमा हुने सवारी दुर्घटना न्युनिकरणका लागी विभिन्न निकायसँगको समन्वयमा आफुले हरसम्भव प्रयास गरिरहेको उहाँले बताउनुभयो । तर, तुलसीपुरमा ट्राफिक प्रहरीको जनशक्ति एकदमै न्युन रहेकाले पनि सोचे अनुसारको काम गर्न समस्या भइरहेको ट्राफिक प्रमुख देवकोटाको भनाई छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।