तुलसीपुर, १८ माघ । दाङको तुलसीपुरमा रहेको एक सुनचाँदी पसलमा भिषण आगलागी भएको छ । तुलसीपुर ५ विपी चोक स्थित ललित गुप्ताले सञ्चालन गर्दै आएको न्यु नेपाल ज्वेलर्समा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज बेलुका करिब सवाँ ७ बजेको समयमा लागेको आगो प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा अहिले पुर्णरुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
विद्युतको तार सर्ट भएर आगलागी भएको अनुमान गरेपनि आगलागीको कारण भने खुल्न नसकेको र क्षेतीको विस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक बसेको तल्लो तलामा रहेको उक्त सुनचाँदी पसलमा आगलागी भएको हो ।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।