२०८३ कार्तिक १२ गते बिहिवार

आफैले चलाएको ट्याक्टरमा च्यापिँदा ड्राइभरको मृत्यु 

सल्यान, १८ माघ ।  सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका –६ बडागाउँका १९ वर्षीय जनक विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  ।

बागचौर नगरपालिका –८ कोटमाैलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।  गाईबस्तुको मल बोकेको ट्याक्टर अनियन्त्रित भएर पल्टिंदा उक्त दुर्घटना भएको हो । 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।