२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा झन्डै दुईहजार वटा सवारीसाधन कारवाहीमा

तुलसीपुर, १२ माघ ।  दाङको तुलसीपुरमा दुई महिनाको अवधिमा झन्डै दुईहजार वटा सवारीसाधन कारवाहीमा परेका छन् । गत मंसिर १ गतेदेखी पु्स मसान्तसम्म १ हजार ९ सय ७७ वटा सवारीसाधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (वरिष्ठ सई) इश्वरी देवकोटाले जानकारी दिनुभएको छ । जसबाट १५ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मंसिरमा मात्रै १ हजार ७४ वटा सवारी कारवाहीबाट ८ लाख १२ हजार र पुसमा ९ सय ३ वटा सवारी कारवाहीबाट ७ लाख ६ हजार राजस्व संकलन भएको छ ।

कारवाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन भने दोस्रोमा अटो चालक रहेका छन् । मंसिरमा मात्रै ३ सय ९२ वटा मोटरसाइल चालक कारवाहीमा परेका छन् । यस्तै अटो मंसिरमा १ सय ८९, बस ७४, ट्रक १ सय ३५, जिपकार १ सय ८८ र ९६ वटा ट्याक्टर चालकलाई कारवाही गरिएको छ । त्यसैगरी पुसमा ३ सय २९ वटा मोटरसाइकल चालक कारवाहीमा पर्दा अटो १ सय ६३, बस ३३, ट्रक १ सय ३४, जिपकार १ सय ५५ र ट्याक्टर ८९ वटा कारवाहीमा परेको ट्राफिक प्रमुख देवकोटाले बताउनुभयो । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।