धनगढी, १० माघ । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका ४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
पारिवारिक विवादका कारण उनले आज बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ १० गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।