तुलसीपुर, ९ माघ । दाङको तुलसीपुरमा ठुलो आवाजमा मोटरसाइकल चलाउने १८ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मोडिफाई गरेर बजारमा जथाभावि पट्काउदै मोटरसाइकल दौडाउने १८ जना चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (वरिष्ठ सई) इश्वरी देवकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत मंसिर १८ गतेदेखी हालसम्मको अवधीमा ठुलो आवाजमा मोटरसाइकल चलाएर ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । जसमा ४ वटा मोटरसाइकललाई ट्राफिक प्रहरी कार्यालयमै मिस्त्री बोलाएर ठुलो आवाज दिने साइलेन्सर परिवर्तन गर्न लगाएर सवारी धनिलाई फिर्ता गरिएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभयो ।
आगामी दिनमा फेरी मोडिफाई गरेको पाइएमा कडा कारवाही गर्ने सर्तमा ती मोटरसाइकलहरु फिर्ता गरिएको उहाँको भनाई छ । यस्तै अन्य केही मोटरसाइलका कागजपत्र नियन्त्रणमा लिएर मोटरसाईकल बनाएर आएपछी मात्रै फिर्ता गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेपछी तुलसीपुर बजारमा ठुलो अवाजमा मोटरसाइकल चलाउनेहरु कम हुदै गएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।