लमही, ८ माघ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुेनमा बर्दियाको गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना हुदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
बसमा ४७ जना सवार रहेकोमा २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक घाइते भएकाले उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीको भनाई छ । मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि पनि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।