तुलसीपुर, ७ माघ । दाङको तुलसीपुरमा श्रीमानको रड प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ४ तल्लो हलवार निवासी ४२ वर्षीया लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उनलाई आफ्नै श्रीमान ४३ बर्षीय पेण्डुवा चौधरीले हिजो शनिबार साँझ ६ बजेको समयमा टाउकोमा फलामको रड प्रहार गरी हत्या गरेको उहाँले बताउनुभयो । घटनाबारे गएराती साढे ९ बजे मात्रै प्रहरीलाई जानकारी आएको उहाँको भनाई छ ।
प्रहरीका अनुसार श्रीमतिको हत्या पछि चौधरीले रड प्रहार गर्दा स्थानीय मिना थापा र शिला चौधरी समेत घाइते भएका छन् । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । रड प्रहार गर्ने पेण्डुवालाई नियन्णमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।