२०८३ कार्तिक १२ गते बिहिवार

त्रिशूलीमा गाडी खस्यो, खोजी कार्य तिव्र

काठमाडौँ, २ माघ ।  त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । नारायणगढ–मुग्नि सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ । स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले प्रहरीले खोजी कार्य तीव्र पारेको हो ।

सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको कमान्डमा १३ जनाको फौज बिहान ७ बजेबाट खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।