२०८३ कार्तिक १२ गते बिहिवार

सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

काठमाडौं, १ माघ ।  दोलखामा सुक्खा पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा विगु गाउँपालिका–१ का २२ वर्षीय कुसङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यस्तै विगु गाउँपालिकाकै २८ वर्षीय दिल कुमार तामाङ र ५८ वर्षीय रस्थाङ तामाङ घाइते भएका छन् ।

मृतक र घाइते तीनै जना नासा हाइड्रोपावरका मजदुर रहेका छन् । आज सोमबार दिउँसो पौने ३ बजे विगु गाउँपालिका–१ देउरालीमा नासा हाइड्रोपावरका ३५ जना कामदारले काम गरिरहेका बेला माथिबाट सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दोलखा सञ्चार शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।