रोल्पा, १ माघ । रोल्पामा बलात्कार आरोपमा एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ गामखोले ६१ वर्षीय कविराम पुन मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई आइतबार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।