२०८३ कार्तिक ११ गते बुधवार

भूकम्पले भत्किएका घरबाट निकालिएका काठ एक ठाउँबाट अर्को ठाउँमा लैजान नपाइने

जाजरकोट,२८ पौष ।जाजरकोट भूकम्पपछि भत्किएका घरबाट निकालिएका काठ एक ठाउँबाट अर्को ठाउँ लैजान नपाइने भएको छ । भूकम्प प्रभावितले जिल्ला बाहिरबाट काठ ल्याउन र बाहिर लैजाने सोच बनाए पनि विद्यमान कानुनी व्यवस्थाले त्यसो गर्न नमिल्ने भएको हो । जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जाजरकोटमा ३५ हजार १ सय ४० घरमा पूर्ण क्षति पुगेको छ भने २६ हजार ९ सय ४६ अस्थायी आवास बनाउनुपर्नेछ । त्यसका लागि एक ठाउँबाट अर्को ठाउँमा काठ लैजान नपाउने नीति बाधक रहेको भेरी नगरपालिका वासुदेव शर्माले बताउनुभयो । भत्किएका भवनबाट निक्लिएको काठ जिल्ला बाहिर बिक्रिवितरणमा लैजाने कानूनी व्यवस्था नभएकोमा भूकम्प प्रभावितहरूले पनि सरोकारवाला निकायसँग गुनासो गर्दै आएका छन् । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बिक्री वितरणका लागि अहिलेसम्म वन ऐन नियमावलीमा त्यस्तो व्यवस्था नहुने अवस्थालाई सहजीकरण गरिदिन मन्त्रालयलाई अनुरोध गरेको बताउनुभयो । भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सामुदायिक वन उपभोक्ता समूहले आफ्नो मापदण्ड र कार्यविधिअनुसार काठ सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।