२०८३ कार्तिक ११ गते बुधवार

मानवसेवा आश्रमको भवन निर्माणका लागि दाङको तुलसीपुरमा महायज्ञ संचालन हुने

तुलसीपुर, २३ पुस । दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सन्चालन हुने भएको छ । मानवसेवा आश्रमको मानवीय स्मारक भवन निर्माणका लागि महायज्ञ लगाउन लागिएको हो । सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको महायज्ञ मुल आयोजक समितीले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ । ‘मानवताको कुनै सिमा हुदैन’ भन्ने मुल भावनाका साथ महायज्ञ सन्चालन गर्न लागिएको मुल आयोजक समितिले बताएको छ । आज सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै महायज्ञ सन्चालनको बारे जानकारी गराइएको हो । महायज्ञ आउदो माघ १३ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा हुने मुल आयोजक समितीका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–४ स्थित कालिकामालिका मन्दीर ब्यबस्थापन समितिले १ विगाह २ कठ्ठा जमिन प्राप्त भएको र सो स्थानमा मानव सेवा आश्रमको मानवीय स्मारक निर्माणका लागि महायज्ञ लगाउन लागिएको उहाँले बताउनुभयो । मानवीय स्मारक निर्माणका लागि करिब १५ करोडको लागत अनुमान गरिएको र महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानवसेवा आश्रमका केन्द्रिय महासचिव शुशिला केसिले बताउनु भयो । उहाँका अनुसार दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उदेश्य सहित तुलसीपुर, घोराही, लमही, भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह–संयोजकहरु मनोनयन समेत गरिएको छ । महायज्ञ सन्चालन गर्नुपुर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास हुने भएको छ । उक्त स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्किले गर्ने कार्यक्रम तय भएको छ । यसैगरी महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तुलसीपुर उपमहानगरपालिका –६ स्थित गाइडहरमा अवस्थित मानव सेवा आश्रममा हाल ७५ जना आश्रीत छन् । स्थापनाकाल देखि अहिलेसम्म ४३ जनाको पारिवारिक पुनर्मिलन भएको छ भने १९ जनाको आश्रममै निधन भएको उमहासचिव केसीले जानकारी दिनुभयो । श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण  प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।