तुलसीपुर, ११ पौष । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज एक कार्यक्रमको आयोजना गरी तेस्रो राष्ट्रिय दिवस मनाएको छ । ‘‘जेष्ठ नागरिकको सम्मान, हाम्रो सध्यताको पहिचान’’ भन्ने नारा सहित दिवस मनाइएको हो । विद्यालयका प्रधानअध्यापक छवि कुमार वलीको अध्यक्षता तथा जेष्ठ नागरिक तुलसीपुर नगर अध्यक्ष पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर ९ का जेष्ठ नागरिक अध्यक्ष पिमलाल डाँगी र सचिव सालिकराम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि खड्काले यस्तो खालको कार्यक्रम विद्यालयमा राख्दा विद्यार्थीहरुले जेष्ठ नागरिकहरुलाई कसरी सम्मान प्रेरित गर्ने र उहाँको अनुभवी कुराहरु सुनेर जीवलनलाई सार्थक बनाउन सहयोगी हुने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि डाँगी र न्यौपानेले विद्यार्थीहरुको वीचमा यस्तो कार्यक्रम गर्दा उनीहरु संस्कारी हुने , जेष्ठ नागरिकप्रतिको आफ्नो दायित्व पुरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुलाई संस्कारी, अनुशासित र सभ्य नागरिक निर्माणका लागि यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । कार्यक्रमको सहजीकरण विद्याख लयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले गर्नु भएको थियो । यसैविच नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो । विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो । एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।