२०८३ कार्तिक ११ गते बुधवार

अश्वारामा संचालित महायज्ञमा एकैदिन ६ लाख संकलन

तुलसीपुर, ३० मंसिर । अश्वारामा संचालित श्रीमदभागवत ज्ञान महायज्ञमा आज मात्रै ६ लाख बढी रुपैयाँ आर्थिक संकलन भएको छ । महायज्ञमा नगद ६ लाख, धान ४० कुइन्टल, चामल ३ कुइन्टल संकलन भएको छ भने भूमि दान ५ धुर भएको छ । तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निबासी गोरख बहादुर खडकाले साढे तीन लाख बराबरको ५ धुर जग्गा नवदुर्गा भगवति मन्दिरका नाममा भूमि दान गर्नु भएको छ । त्यसैगरी अश्वारा निवासी कृष्ण बहादुर डाँगीले एक लाख एक सय ५५ रुपैयाँ नगद दान गरेर आजको सभा नायक हुनु भएको छ ।

त्यसैगरी शेर बहादुर डाँगीले ५१ हजार एक सय ५०, धनबहादु भण्डारीले २६ हजार ५ सय ५० र हेमलाल डाँगीले २५ हजार ५ सय ५० रुपैयाँ दान दिनुभएकोे महायज्ञ संचालन आर्थिक उपसमितिका संयोजक शेषमणी शर्माले जानकारी दिनुभयो । यो संगै हालसम्म करिब १३ लाख आर्थिक संकलन भएको आयोजकले बताएको छ । धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम स्थापना गर्ने उद्देश्यले तुलसीपुर – ८ अश्वाराको हयरियाली पार्क स्थित नवगदुर्गा भगवती मन्दिर परिसरमा मंसिर २५ गतेदेखि महायज्ञ संचालन हुँदै आइरहेको छ । पछिल्लो समय भक्तजनहरको संख्या दिनानुदिन बढ्दै गइरहेको आयोजकले जनाएको छ । श्रीमदभागवत ज्ञान महायज्ञ पुस ३ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।