अश्वारामा श्रीमद्भागवत् ज्ञान महायज्ञ लगाउने तयारी

तुलसीपुर, १२ अश्वारा । धार्मिक पर्यटकीय क्षेत्रको  विकास तथा विशाल शालीग्राम स्थापनार्थ श्रीमद्भागवत्  ज्ञान महायज्ञ संचालन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा बसेको नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले श्रीमद्भागवत् ज्ञान महायज्ञलाई व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि  योगेन्द्र बहादुर शाह दिपकको अध्यक्षतामा ७ सदस्य सचिवालय समिति गठन गरेको छ । जसको जसको पदेन सचिवमा ओपेन्द्र बस्नेत, सदस्यहरुमा झग्गु प्रसाद शाहु, शेषमणी शर्मा, टेकनाथ कवर, शुरमा बस्नेत, आशा बुढाथोकी रहनु भएको छ ।

समितिका अध्यक्ष झग्गु प्रसाद साहुको अध्यक्षतामा बसेको बैठकले मंसिर २५ गते देखि ज्ञान महायज्ञ संचालन गर्ने निर्णय गरेको सचिव वासुदेव भुसालले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया