तुलसीपुर, २८ कात्तिक । तिहारमा बिजुली पसलहरुमा ग्राहकको चहलपहल धेरै हुने गर्दछ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ । केही वर्षअघि लोडसेडिङ हुँदा झिलिमिली बत्तीको व्यापार न्यून भए पनि अहिले लोडसेडिङको अन्त्यसँगै व्यापार फस्टाएको भए पनि पछिल्लो समय आर्थिक मन्दीका कारण त्यति फस्टाउन नसकेको व्यवसायीहरुको भनाइ छ । तिहारको समयमा दाङका घोराही, तुलसीपुर, लमही, विजौरी, नारायणपुर, हापुरे लगायतका बजार क्षेत्रमा झिलिमिली बत्तीको व्यापार विगत जस्तो उत्साहजनक नभएको व्यवसायीले बताउँछन् । झिलिमिलि पर्व अर्थात उज्यालो पर्व भनेर तिहारलाई लिइन्छ । तुलसीपुर उपमहनगरपालिका ५ विरेन्द्रचोक स्थिर रेहेको कालिका अडियो सेन्टरका संचालक दुर्गा भूषालले विगतका वर्षहरु जस्तो झिलिमिली बत्तीको व्यापार यस वर्ष नभएको बताउनुभयो । झिलिमिली बत्तीको मुल्य पनि बढेर आएको र क्वालिटि पनि केही फरक भएर आएको हुने र ग्राहकहरुले महंगो भयो भनेर कसैले थोरै किनेर लग्ने गरेको उहाँले बताउनुभयो । ‘कसैले त महंगो भयो भनेर फर्केर पनि जाने गर्छन्,’ उहाँले भन्नुभयो । सारा सबैतिर आर्थिक मन्दी छ, घरव्यवहार चलाउनुपर्छ, छोराछोरी पढाउने लेखाउने जे गर्न पनि पैसा नै चाहिन्छ तर अहिले कसैसँग सस्तो पैसा छैन । झिलिमिली भन्नु नै खुशीयाली हो, गोजीमा पैसा भए पो खुशीयाली हुन्छ, पैसा नै छैन भने कसरी हुन्छ झिलिमिली,’ उहाँले भन्नुभयो ।पाँच ओटा झिलिमिली लैजाने भनेर आएका ग्राहकले २÷३ ओटा मात्रै लिएर जाने गरेको उहाँको भनाए छ ।
यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका इन्जिनियर शरद अर्यालका अनुसार अरु समयको तुलानामा तिहारको समयमा विद्युत केही मात्रामा धेरै खपत हुने गरेको छ। अरु समयमा ससाधारण विजुली मात्रै बाल्ने र तिहारमा सबैले झिलिमिली बत्ती बाल्ने हुँदा विद्युत केही मात्रामा अरु समयको तुलनाका बढी खपत हुने गर्दछ । यसैविच तिहारमा उच्च खपत हुने भए पनि नेपालमा झिलिमिली बत्ती उत्पादन हुँदैन । जसले गर्दा आयातमा नेपालबाट करोडौं रकम बाहिरिने गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार यस वर्ष तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात भएको छ ।
विद्युतीय व्यवसायीले मात्र ४५ करोडको झिलिमिली बत्ती आयात गरेका छन् भने खुद्रा व्यापारीका तर्फबाट १५ करोडको आयात भएको छ । नेपालमै उत्पादन नहुने भएपछि ९० प्रतिशत झिलिमिली चीनबाट आयात भएको छ । बाँकी १० प्रतिशत भारतबाट भित्र्याइएको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारका लागि झिलिमिली बत्तीको माग भने घट्दो रहेको महासंघको भनाइ छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।