२०८३ मङ्सिर १० गते बिहिवार

दाङमा भूकम्पको धक्का

भूकम्पछि सुरक्षित हुन रातकाे समयमा घरबाहिर बसेका नागरिक


तुलसीपुर,१८ कात्तिक ।  दाङ सहित देशभर भूकम्पक गएको छ । राति ११ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पले हल्लाउन  थालेपछि  सुतेका नागरिकहरू घर बाहिर निस्किदै नजिकका आफन्तजनलाई फोन गरेर सन्चो बिसन्चो तथा भूइचालो गए नगएको बुझीरहेका थिए । कतिपय नागरिकहरू सुरक्षितका लागि घर बाहिर जागराम बसेका छन् भने कतिपय अब आउँदैन कि भन्दै घरभित्र पसेका छन् । 
यता दाङमा  भुकम्पका कारण अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

‘अहिलेसम्म कतैबाट कुनै त्यस्तो अप्रिय खबर आएको छैन । गाउँघर तिर कच्ची घरमा केही समस्या भयोकी भन्ने हो । तर अहिले सम्म राम्रै खबर  छ। कामना गरौ त्यस्तो केही नहोस ।’  प्रमुख जिल्ला अधिकारी सुवेदीले टेलिफोनमा भन्नुभयो । यता तुलसीपुर क्षेत्रमा पनि भुकम्पले  क्षेति पु¥याएको खबर कतैबाट पनि नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी  ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो । भुकम्पका कारण विद्युत लाइन अरुवरुद्ध भएको छ । जसका कारण इन्टरनेट सञ्चालन नहुँदा कतिपयले विदेशमा रहेका आफन्तहरूसँग प्रत्यक्ष खबर तथा कुराकानी गर्न पाएका छैनन् कतिपयले भने फेसवुकमा स्टास लेख्दै भूकम्प गएकाे जानकारी गराएका थिए । भूकम्प कति म्याग्निच्युटको गयो भन्ने यकिन नभए पनि करिब २/३ मिनेट जति भूकम्प लगातार गएको थियो । उता छिमेकी जिल्ला जाजरकाेटमा कतिपय स्थानमा घरहरु भत्किएकाे र घाइतेहरुलाइ अस्पताल लग्दै गरेकाे अपुस्ट खबर आएकाे छ । 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।