२०८३ मङ्सिर १० गते बिहिवार

राप्ती प्रादेशिक अस्पतालमा सोधपुछ कक्षको उद्घाटन

तुलसीपुर, १६ कात्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण गरेको उक्त सहायता कक्ष ९६ हजार ३ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो । सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि क सेन्चुरिको अध्यक्षता तथा लुम्विनि प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ति प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा विरामिहरुलाइ सहायता पु¥याउन सहायता कक्षको व्यवस्था गरेर सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो । केन्द्रका कोषाध्यक्ष दुविसरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना वि कले गर्नुभएको थियो । सहायता केन्द्र नेपालले समाजमा महिलाहिंसा, साइबर अपराध, प्रजनन् स्वास्थ्य, पोषण सम्बन्धि काम गर्ने उदेश्य रहेको केन्द्रका अध्यक्ष सेन्चुरीले बताउनु भयो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।