२०८३ कार्तिक ११ गते बुधवार

दशैँको टीका थाप्न जानेको बाटोमा चहलपहल

तुलसीपुर,७ कात्तिक । दशैँको टीका साइत आज बिहान ११ बजेर २ मिनेट भएपनि टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत खोज्नु नपर्ने मान्यता समेत रहेको छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा,आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका लगाएर आशीर्वाद लिने चलन रहेको छ । साइतको टीका लगाइसकेपछि आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा दिनभर चहलपहल थियो ।

निधारमा टीका र कानमा जमरा लगाएर आफन्तकोमा जानका लागि तयार भएर कोहि बाटोमा सवारी कुरिरहेका देखिन्थे भने कोही आफ्नै निजी सवारीमा हुँइकिरहेका थिए । त्यसैगरी कोही पैदल हिडिरहेका थिए भने कोही अटो रिक्सामा कोचाकोच गरेर गन्तव्यमा गइरहेका थिए ।

त्यसैगरी जिल्ला बाहिर जानेहरु भने बसपार्कमा गाडी खोज्दै थिए । अघिपछिको भन्दा आज सार्वजनिक गाडी फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् । आज आफन्तजनसंग टीका लागाउन नभ्याउनेले कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुने चलन रहीआएको छ ।।

     
प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।