तुलसीपुर,३ कार्तिक । तुसीपुरमा पलाष्टिकका माला जफत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको अनुगमण क्रममा शुभकामना किराना पसलमा पलाष्टिकका माला राखेको पाइएपछि जफत गरिएको हो । स्थानीय उत्पादनलाई जोड दिने उेद्दश्यले पलाष्टिकका मालामा प्रतिवन्ध लगाएको उपमहानगरले पसलमा बिक्रीका लागि राखेको पाइए पछि जफत गरेर नष्ट गरेको हो ।
त्यसैगरी अनुगमण टोलीलले पसल दर्ता बिना एउटै पसलमा खाद्यन्न र मदिरा राखेर बिक्री गरेको पाइएपछि न्यू मिलन टे«डर्सलाई एक हप्ताभित्र दर्ता गरेर व्यवसाय गर्न सचेत गराएको छ । आज तुलसीपुर बजारमा रहेका ११ वटा पसलमा अुनगमण गर्दा, उपभोग्य बस्तुमा लेवल नलगाएको, मूल्य सूचि टाँस नगरिएको पाइएको थियो ।

चाडपर्व नजिकिएसंंगै अनुगमणलाइ तिब्र पारिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चाडपर्व लक्षित १०१ वटा पसलहरुमा अनुगमण गरिएको छ । अनुगमणका क्रममा जनप्रतिनिधि, पत्रकार, नगर प्रहरी, तुलसीपुर उद्योगवाणिज्य संघ लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।