कार्तिक २, घोराही । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले भौतिक सुखले मानिस भ्रष्ट भइरहेको बताउनु भएकाे छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल, घोराहीले बडा दशैं, दीपावली र छठ पर्वको अवसरमा बिहिबार आयाेजना गरेकाे वधाई, स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी सांसद पोख्रेलले मानिसलाई मानसिक शान्तिको आवश्यकता रहेको उल्लेख गर्दै भौतिक सुखका निम्ति मान्छे भौतारिएको र दिनप्रतिदिन मान्छेमा अशान्ति थपिदै गएको बताउनु भयो । मानिसमा आन्तरिक शान्ति प्रदान गर्न र आत्मिक सुखका निम्ति प्रेरित गर्न ब्रह्माकुमारी र्ईश्वरीय विश्वविद्यालयको महत्वपुर्ण भूमिका रहेकोमा प्रशंसा गर्नु भयो ।
कार्यक्रममा दाङ जिल्ला अदालतका श्रेस्तदार दामोदर घिमिरे, मालपोत कार्यालय दाङका प्रमुख कमल पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङका प्रमुख रामबाबु गुप्ता, नेपाल टेलिकम घोराहीका प्रमुख इन्जिनियर माधव खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो । ब्रह्माकुमारी राप्ती क्षेत्र क्षेत्रीय प्रमुख राजयोगिनी गिता दिदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सहजिकरण कह्माकुमार माधब मिमिल्सेनाले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।