२०८३ असार २६ गते शुक्रवार

बडादसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

तुलसीपुर,१ कार्तिक । बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराउन स्थल तथा हवाई यातायात सञ्चालन गरिएको छ ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यात्रा गरिसकेका छन् । ससोज २१ गतेबाट नेपाली सेनाले सुरु गरेको यातायात कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया