तुलसीपुर, २७ असोज । तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भइरहेको बताउनु भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा नेपाल मानव धर्म सेवा समिति राप्तीभेरी शाखा आश्रमले तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो बताउनु भएको हो ।
विभिन्न धर्म, जातजाति र गरिबलाई राहत तथा मलमपट्टी लगाउने नाममा जबरजस्ती धर्म परिवर्तन गराउने काम भइरहेको प्रति मेयर खड्काले चिन्ता व्यक्त गर्नुभयो । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले आआफ्नो धर्म संस्कृतिलाई बचाउँदै एकताका साथ समाजमा मिलेर बस्नु पर्ने बताउँदै धार्मिक द्धन्द्ध निम्तिने जस्ता अराजक गतिविधि कसैले गर्न नहुने बताउनुभयो । पश्चिमा देशहरू प्रधानमन्त्री, मुख्यमन्त्री, संसद, एमसीसी, शान्ति प्रकृयाका लगायतका माध्यमबाट हिन्दु धर्मलाई मास्नका लागि सक्रिय भएको उहाँले बताउनुभयो
सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, योग समितिका लुम्बिनी प्रदेश मिडिया प्रभारी डा. अरुण कुमार श्रेष्ठ, हिन्दु महासङ्घका केन्द्रिय सदस्य खुमानन्द अधिकारी, योग समिति तुलसीपुर नगर समितिका प्रभारी दीपक शाह, नेपाल मानव धर्म सेवा समितिका कोषाध्यक्ष सुशीला मैनाली, लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव डिल्लीराज रेग्मी, दाङ जिल्ला फूटबल संघका पूर्व उपाध्यक्ष इन्द्र बहादुर पुन (सन्तोष) मानव टोल विकास संस्थाका मानबहादुर भण्डारी, भूपबहादुर भण्डारी लगायतले आआफ्ना धारणा राख्नु भएको थियो । राप्तीभेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाइजीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर वलीले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।