२०८३ कार्तिक ११ गते बुधवार

नेपाली सेनाद्वारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा

दाङ, २७ असोज । घोराहीमा असोज २८ गतेदेखि हुने महायज्ञ स्थलको सरसफाइसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा गौमाता रक्षार्थ हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ स्थल कर्मचारी मिलन केन्द्रको घोराहीको नेपाली सेनाको टीमले सहयोग गरेको हो ।

समाजमा राष्ट्रिय एवं धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेसनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छाबाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञ स्थलमा मन्दिर निर्माण लगायतका भौतिक संरचना निर्माणको काममा नेपाली सेनाले सहयोग गरेको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेसनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

श्री रणसिंह गण दल भरतपुर ब्यारेक घोराहीको टिमले शुक्रवार र शनिवार भौतिक निर्माणमा सहयोग गरेको हो । विजयादशमी २०८० को अवसरमा असोज २८ देखी कार्तिक ५ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्च आरती धार्मिक दशैँ महोत्सव’ को वाचकमा अन्तराष्ट्रिय स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देवाचार्य रहनुभएको छ  । 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।