तुलसीपुर, ११ असोज । पत्रकारको अस्तित्व जोगाउन खोजी समाचारलाई प्राथमिकता दिनुपर्ने दाङको तुलसीपुरमा क्रियाशील पत्रकारहरूले जोड दिएका छन् । कुनै सङ्घसंस्थाको साधारणसभा, पदभार ग्रहण, छलफल जस्ता औपचारिक कार्यक्रममा दिनभर बस्नुभन्दा आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक रुपमा पछाडि पारिएका समूदायको समस्यालाई बाहिर ल्याउनसके त्यसले ठूलो प्रभाव पार्ने उनीहरूले बताएका छन् ।
स्वतन्त्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको गोलमेच बहसमा बोल्दै पत्रकाहरुले खोजी समाचार मार्फत लुकाउन खोजिएका कुराहरूलाई बाहिर ल्याउनसके त्यसले पत्रकारहरूको सृजनशीलता, क्षमता अभिवृद्धि हुनुका साथै आफ्नो अस्तित्व र पहिचानमा समेत सहयोग पुग्ने बताए । खोजी समाचारले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेका सरकारी तथा गैर सरकारी सङ्घसंस्थालाई थप हौसला प्रदान गर्ने र त्रुटि भएका वा लुकाउन खोजिएका कुराहरू बाहिर आएमा त्यसले सुधारका लागि सहयोग पुग्ने उनीहरूले बताए ।
व्यवसायीक पत्रकारितका लागि सबै पत्रकारहरू एकतावद्ध भएर लाग्नु पर्ने बताउँदै उनीहरूले आस्था र बिचार फरक भएपनि पेशा एउटै भएकाले पेशा प्रति जिम्मेवार र बफादार बन्न आवश्यक रहेको उनीहरूको जोड छ । स्वतन्त्र पकार संघ दाङका अध्यक्ष जित सागर जिएमको अध्यक्षतामा भएको कार्यक्रम पछि राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेको संयोजकत्वमा ७ सदस्य समन्वय समिति गठन गरिएको छ ।
जसको सदस्यमा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, सञ्जीवनी एफएमका स्टेशन म्यानेजर शरद रेग्मी, पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी, रेडियो तुलसीपुर एफएमका समाचार सम्पादक शर्मिला डिसी, तुलसीपुर अनलाइनका प्रबन्धक हेमराज डाँगी, र रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जित सागर जिएम रहनु भएको छ ।
समन्वय समितिले तुलसीपुर क्षेत्रमा रहेका सञ्चार माध्यमहरूको पहिचान, तीनको प्रभावकारिता, एकरूपता, व्यवसायीक एकता लगायतका विषयमा एकहप्ताभित्र ड्राप्ट तयार पार्ने भएको छ । गोलमेच बहसमा पत्रकारहरू बालाराम खडका, वसन्त पौडेल, बिमल गौतम, यमकला भुसाल, सन्तोष केसी, आशीष केसी, अञ्जना चौधरी, चेतन रेग्मी, निता चौधरी, निराजन डाँगी, निरला अर्याल, प्रेमकुमारी मगर, रोमा पुन मगर, रिता केसी, रमा नेपाली, तेज बहादुर परियार, उदिराम चौधरी, टेकराज भण्डारी, लगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रमकाे झलक

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।