२०८३ कार्तिक ११ गते बुधवार

पैतृक सम्पत्तिमा बहिरालाई विभेद !

तुलसीपुर ७, असाेज ।  शान्तिनगरकी चेतना डाँगी   बोल्न सक्नु हुन्न । जन्मजात कान सुन्न नसक्ने डाँगी  बहिरा भएकै कारणले घर परिवारले बेघर बनाएको उनको गुनासो छ  । परिवारका टाठाबाठाले सम्पत्ति सबै लैजानु भयो । हामीसँग केही छैन । पैतृक सम्पत्तिमा सबै छोरा छोरीको बराबर हक लाग्छ तर हामीलाई लागेन सांकेतिक भाषामा भन्नुभयो । बहिरा भएपछि माया ममता र सम्पत्तिमा समेत कन्जुस्याईँ हुन्छ । रुन्टिगढी  ९ रोल्पाका  हुम बहादुर सार्कीको कथा पनि त्यस्तै छ । पैतृक सम्पत्ति प्रसस्त हुँदा समेत अन्य दाजु भाइलाई अंशबन्ड गरेको तर आफूलाई एक कौडी समेत नदिएको सांकेतिक भाषामा व्यक्त गर्नु भयो । घर परिवारमा बहिरालाई शारीरिक श्रम बढी गर्नु पर्ने, सबैले भनेको मान्नै पर्ने जस्ता व्यवहारले आफूले घर छोड्न बाध्य भएको छु । बहिराहरूले  राम्रो लगाउन नहुने राम्रो खान नहुने जस्ता व्यवहार धेरै घर परिवारमा छ।  काम गर्ने ठाउँमा समेत पारिश्रमिक थोरै दिन्छन् सार्कीले भन्नु भयो ।

 यस्तै शान्तिनगर २ का १६ वर्षका भरत ओली कक्षा ९ मा पढ्नुहुन्छ आफू बोल्न नसक्ने हुदाँ घर परिवारलाई समेत  लाञ्छना लगाउने गरेको तितो यथार्थ सुनाउनु भयो ।  लाटो बच्चा जन्माउने भन्दै  विभिन्न असभ्य व्यवहार गरेको आमा रमा ओलीले चिन्ता व्यक्त गर्नुभयो । पढ्नको लागि विद्यालयमा पठाउँदा समेत विद्यालयले इन्कार गरेको घटनाले थप पीडा भएको छ ओलीले भन्नु भयो । बहिराहरू समाज, घर परिवार बाट शोषण दमनमा परेका छन् ।

राप्ती गाउँपालिका ३ का २६ वर्षीय नरेन्द्र रसाइली बहिरा छन्  । बहिरा भएको कारण अहिले सम्म रोजगार पाउन नसकेको  उनको गुनासो छ  । १२ कक्षा उत्तीर्ण गरिसकेका रसाइली जन्मजात नै कान सुन्न नसकेको कुरा दोभासे स्मृति योगीले बताउनुभयो  ।   बहिराहरूलाई हरेक क्षेत्रमा दोभाषेको आवश्यकता पर्छ । आफ्नो छोरा छोरीको भाषा  बुझ्न नसक्दा विविध समस्याहरू आइपरेको तुलसीपुर ८ की तेज कुमारी भुसालले बताउनु भयो ।

घोराहीका विजय ओली बहिरा शिक्षक हुनुहुन्छ । बहिरा लाई विद्यालयमा  होस् या घर परिवारमा  माया दिने सट्टा घरबाट पन्छाउने, अन्यत्र ठाउँमा पठाउन राजी हुने समस्या देखिएको बताउनु भयो । बहिरा छोराछोरीलाई घर बाट पन्छाउन मुख्य भूमिका परिवारको  भएको गुनासो गर्नु भयो । । बहिराहरूलाई माया गरी उनीहरूको शिक्षा स्वास्थ्यमा ख्याल परिवारबाट नै हुनु पर्ने ठाउँमा दमन, अपमान लाञ्छना लगाउने काम हुन्छ।  । प्रेम बिना  ती बहिरा कुलतमा लागे , कुकर्ममा लागे भने जिम्मा कसले लिन्छ । शिक्षिका तथा दोभासे स्मृति योगीले भन्नु भयो  सरकारले अपांगता भएका सबैलाई एउटै भाँडोमा राखेर काम गर्दा टाठाबाठाहरुले मात्र अवसर पाउँछन्  । फरक प्रसङ्गमा योगीले दोभाषेको अभावले बहिराहरू आफ्नो समस्या खुलायर भन्न नसक्ने, विविध खालका हिंसा सहनुपर्ने बाध्यता भएको बताउनु भयो। संसार जहाँ बहिरा नागरिकले जहिले पनि संकेत गर्न सक्छन् भन्ने मूल नाराका साथ छैठौं अन्तराष्टिय सांकेतिक भाषा दिवसको अवसरमा बहिरा र सांकेतिक भाषा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपाङ्गताको हक अधिकारको लागि  राज्यले प्रभावकारी भूमिका खेल्नेछ। यो क्षेत्रमा   केही सुधार हुने विश्वास समेत व्यक्त गर्नु भयो । 

तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती बहिरा संघ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो । राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माको अध्यक्षतामा मा भएको कार्यक्रममा, अपाङ्ग  समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमकान्त कँडेल , बहिरा ज्ञानु खड्का लगायतकाले आफ्नो भनाई राख्नु भयो । संस्थाको उपाध्यक्ष रुपा विश्वकर्मा स्वगत मन्तव्य बट सुरु भएको कार्यक्रम को सहजीकरण सचिव डम्बर ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।