२०८३ कार्तिक ११ गते बुधवार

नेपाल निजामती कर्मचारी संगठन दाङको महिला विभागको तीज विशेष कार्यक्रम 

तुलसीपुर,  भदौ । नेपाल निजामती कर्मचारी संगठन दाङको महिला विभागको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा अग्रज सम्मान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।  विभागका अध्यक्ष सुशीला शाहको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य  सीता चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेर बहादुर केसी, तुलसीपुर उपमहानगरपालिका पूर्व उप प्रमुख माया आचार्य, डा. लोकराज पराजुली, विमला पौडेल, खिम बहादुर डाँगी, सीता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ईश्वरा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लक्ष्मी अधिकारीले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।