दाङ, २३ घोराही । प्रेस चौतारी नेपाल दाङ शाखा महिला विभागले घोराहीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा सञ्चार क्षेत्रमा आवद्ध महिला पत्रकारहरुमा पनि एक अर्कासँग आत्मीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । हाम्रा रितीरिवाज परम्परा र संस्कृति जोगाउने नाममा समाजलाई कुनै असर नपर्ने गरि मौलिक चाडपर्वहरु मनाउनुर्पेमा पत्रकारहरुले जोड दिएका थिए ।
महिला विभाग प्रमुख दिप्तिशिखा चौधरीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष देविका जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महिला पत्रकारहरु लक्ष्मी आचार्य, सुलोचना गौतम, सरिता सुवेदी, रञ्जिता शर्मा, सुधासुमन ढकाल लगायतले बोलेका थिए । प्रेस चौतारीको केन्द्रिय सदस्य रिता लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।