दाङ, २३ भदौ । एच.आर. मिडिया हाउस प्रा.लि.र स्वतन्त्र युवा एक समूहले सयुक्त रुपमा तुलसीपुर विद्युत प्राविधिकरणका प्रमुख शिव नारायण गोशली लाई ज्ञापनपत्र बुझाएको छ । तुलसीपर क्षेत्रमा भइरहेको विद्युत अनियमितालाई नियमित बनाउनका लागि दबाब दिन उद्देश्यले ज्ञापन पत्र बुझाएको बताइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख गोशलीले पश्चिम दाङ सहति बाहिरी जिल्ला रुकुम , रोल्पा , सल्यानमा समेत तुलसीपुर सवस्टेशनबाट विद्युत लाइन विस्तार भएकाले त्यहाँ समस्या हुँदा त्यसको असर तुलसीपुरमा समेत पर्ने भएकाले बेलामौका यस्ता समस्या देखिएको बताउनुभयो ।
समस्या समाधानका लागि पहल भइरहेको प्राधिकरण प्रमुख गोशलीले बताउनुभयो । ज्ञापनपत्र बुझाउन इगल खबरका संचालक एच.आर. मगर, अनलाईन टिभी पत्रकार संघ नेपाल दाङ शाखा सचिब भिम वली , ब्ल्याक डाईमन्ड फिल्म प्रालिका संचालक झग्गु भण्डारी, स्वतन्त्र युवा क्लबका अध्यक्ष सन्दीप गौतम, राप्ती पहिचान डटकमका यज्ञ बहादुर बुढा, अनलाइन टिभी पत्रकारका जिल्ला सदस्य अर्जुन रोका मगर, पत्रकार तथा विद्यार्थी नेता केवि वली, तीखो खबरका प्रसिद्ध डाङ्गी, दियालो अनलाइनका एलिन केसी लगाएको सहभागिता रहेको थियो ।