२०८३ कार्तिक ११ गते बुधवार

कृष्ण र कंशको रुप स्वयम् मानव भित्रै छ : चन्द्रकान्ता बाइजी

तुलसीपुर २० भदाै ।  नेपाल मानव धर्म सेवा समिति राप्ती–भेरि प्रचारिका चन्द्रकान्ता बाइजीले कृष्ण र कंशको रुप स्वयम मानव भित्रै भएको बताउनु भएको छ । नेपाल मानव धर्म सेवा समिति घोराही शाखाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै बाइजीले राम्रो बिचार र सत्मार्गमा लागेमा कृष्ण र गतल बिचार र कुलतको बाटोमा लागेमा कंश हुने बताउनुभयो । विभिन्न कार्यक्रमको अयोजना गरेर कृष्ण लिला गरे पनि वास्तविक रुपमा कृष्णलाई नबुझदा मानवले भौतिक दुनियामा दुःख पाइरेको उहाँले बताउनुभयो । सो अवसरमा सत्ससङ प्रवचन गरिएको थियो भने बाल कलाकारहरुले कृष्ण लिला गरेका थिए । कार्यक्रममा पुजा बाइजी, नेपाल मानव धर्म सेवा समितिका जिल्ला सचिव चन्द्र बहादुर वली, सिन्धु रिजाल, डमरु प्रसाद निरौला, गंगाराम थापा लगायतले बोल्नु भएको थियो । यता राधा माधव सेवा समिति तुलसीपुरले पनि विभिन्न कार्यक्रम गरेर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।    

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।