२०८३ कार्तिक ११ गते बुधवार

सामाजिक विचलनलाई रोक्न संस्कारयुक्त शिक्षाको आवश्यक छ : चेम्बरका अध्यक्ष घर्ती 

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले समाजमा विचलन आइरहेका बेला सामाजिक संस्कारको आवश्यकता खड्किँदै गएको बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोरखनाथ मन्दिरमा आयोजना गरेको श्री अमृता माताको ६५ औ जन्मोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले समाजमा शान्ति, सद्भाव, मानव परोपकार  जस्ता कार्यहरू गर्दै आत्मज्ञान समेत प्रदान गर्ने भएकाले मानव धर्मप्रति नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो ।

राप्ती भेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाइजीको अध्यक्षता भएको जन्मोत्सव कार्यक्रम रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, शिक्षक इन्द्रबहादुर पुन (सन्तोष) , नेपाल मानव धर्म सेवा समितिका सचिव चन्द्रबहादुर वली, कोषाध्यक्ष सुशीला मैनाली, युवा संगठन दाङ संयोजक सूर्य थापा लगायतले आआफ्ना धारणा राख्नु भएको  थियो । 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।