तुलसीपुर, १५ श्रावन । दाङ तुलसीपुरको बजार क्षेत्र आसपासमा छाडा पशु चौपायाको संख्या दिनहु बढ्दै गएको छ । बिच सडकमै जथाभावी उभिएका पशु चौपायाका कारण सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ । तुलसीपुर बजार अव्यवस्थित हुने र दुर्घटनाको जोखीम पनी बढ्ने भन्दै सडक पेटीमा बसेर व्यापार गर्ने गरिब दुःखीको उठिबास लगाउने तुलसीपुर उपमहानगरपालिका छाडा पशु चौपाया व्यवस्थापन गर्न भने असफल जस्तै देखीएको छ । चौपायाले सवारीसाधन आवतजावतमा एकदमै दुःख दिने गरेको भन्दै नगरपालिकाले यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने सवारी चालकको माग छ ।
तुलसीपुर बजारमा दिउसो भन्दा साझको समयमा छाडा पशु चौपाया धेरै देखिन्छन् । यता तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले भने तुलसीपुर बजार आसपासबाट रहेका छाडा गाइगोरुलाई प्रत्यक हप्ता गौसलामा लग्ने गरेको बताउनुभएको छ । तुलसीपुरमा दुईवटा गौसला रहेको भन्दै उहाले छाडा पशु चौपायालाई त्यही लगेर व्यवस्थापन गर्दै आइरहेको उहाको भनाई छ । अन्य क्षेत्रबाट पनी तुलसीपुरमा छाडा चौपाया भित्रिने भएकाले नियन्त्रणमा एकदमै चुनौती रहेको भन्दै पशु चौपाया छाड्ने पशुधनिलाई नै सम्झाई बुझाई गर्न आवश्यक रहेको बताउनुभएको छ । किसानलाई गाइगोरु छाडा नछोड्न तर्फ प्रोत्साहन गर्न सके यसको नियन्त्रण गर्न सकिनेमा उहाको जोड छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।