तुलसीपुर, ११ साउन । अखिल नेपाल किसान महासंघ दाङले भोलि २ घण्टा चक्का जाम गर्ने भएको छ । लम्की स्किन रोगका कारण देशभर ठूलो सङ्ख्यामा पशुधनको क्षति भएको र किसानले पशु बिमाको रकम र खेतिपातीको समयमा रासायनिक मल नपाएको विरोधमा २ घण्टा चक्का जाम गर्न लागेको महासङ्घले जनाएको छ ।
दिउसो १२ बजेदेखि २ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको अर्जुन खोलामा बन्दको आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पोखरेलले जानकारी दिनुभयो । लम्की स्किन न रोग समयमै नियन्त्रण गर्न नसक्दा हजारौं पशुधनको क्षति भएकाले उचित क्षतिपूर्ति र बिमा रकम तत्काल भुक्तानीका लागि सरकारलाई दबाब दिन महासङ्घले चक्का जामको आयोजना गरेको हो ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।