२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरको बजेट अन्तिम चरणमा, वडामा ५२ लाख बजेट घटेर जाँदै 

तुलसीपुर, ५ असार ।  तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१  का लागि  वडामा १८ लाख बजेट पठाउने गरी बजेटको सिलिङ तयार गरेको छ ।
उपमहानगरले अघिल्लो वर्ष प्रत्येक वडामा ७० लाख बजेट पठाएको थियो । अघिल्लो वर्षलाई तुलना गर्दा यस वर्ष ५२ लाख बजेट घटेर वडामा जाँदै छ ।  आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब  ८६ करोड बजेट ल्याएको उपमहानगरले यस वर्ष १ अर्ब ७६ करोडको बजेट ल्याउने गरि  शिलिङ तयार गरेको छ । कुल १ अर्ब ७६ करोड बजेट मध्य बाँड्न मिल्नेगरी ९२ करोडको सिलिङ तयार गरिएको हो ।

जसअन्तर्गत पदाधिकारी र कर्मचारी तलब भत्ता बापत १६ करोड ४८ लाख, प्रशासनिक र कार्यालय सञ्चालन खर्च ९ करोड ५९ लाख ५१ हजार, शाखागत बजेट तथा अन्यमा १२ करोड ३८ लाख ५० हजार, मेसिनरी औजार तथा फर्निचर खरिदका लागि २० लाख बजेटको अनुमान गरिएको छ । यस्तै विपदका लागि ३८ लाख,  आइइ क्षेत्रको संरक्षणमा १० प्रतिशतले काम गर्नका लागि २० लाख, सेन्टर स्कुलमा तरकारी बजारको भाडा बापतको काम गर्न ३० लाख,  भैपरी पुँजीगत खर्चका लागि  ६५ लाख रकम छुट्याइएको छ ।

हेवी गाडी इन्धन र मर्मत सम्भार खर्चका लागि १ करोड, बहुवर्षीय योजनाहरू लागि १ करोड ५६ लाख, गाडी परिचालन तथा वेश मिलानका लागि  ३५ लाख,  समपूरक संघ प्रदेश म्याचिङका लागि ४ करोड ८० लाख, नगर विकास कोष म्याचिङ २ करोड, चालु आर्थिक वर्षको दायित्व रकम ३९ करोड ३६ लाख ३९ हजार रहेको छ ।  देशमा भएको आर्थिक मन्दि र यथार्थपरक बजेट ल्याउँदा यस वर्ष बजेटको सिलिङ घटेको तुलसीपुर उपमहानगरका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । अपेक्षा अनुसार आन्तरिक राजश्व सङ्कलनमा गिरावट र दायित्वले पनि बजेटलाई प्रभाव पारेको प्रवक्ता वलीको भनाई छ ।।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।