२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा  दर्ताबिना खुलेका चर्चको रेकर्ड खोज्दै सीडीयो कार्यालय

तुलसीपुर, २० जेठ ।  जिल्ला प्रशासन कार्यालय दाङले गाउँगाउँमा खुलेका चर्चहरूको रेकर्ड संकलन गर्न थालेको छ । दर्ताबिना नै गाउँगाउँमा चर्चहरू खोल्ने देखि भवनहरू समेत निर्माण हुन थालेपछि कार्यालयले पालिकामा सञ्चालनमा रहेका चर्च र तीनका संचालनकहरुको विवरण संकलन गर्न थालेको हो ।

दाङमा करिब २५० वटा चर्चहरू सञ्चालनमा रहेको अनुमान गरिए पनि जिल्ला प्रशासन कार्यालयमा भने २ वटा मात्रै चर्चहरू दर्ता भएर  सञ्चालनमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार दमारगाउँ चर्च र इसाई समुदाय दाङ, मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

दाङमा दर्ताबिना सयौँको सङ्ख्यामा चर्चहरू सञ्चालनमा रहेको जानकारी आएकाले सबै पालिकाबाट विवरण संकलन गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले कति पालिकाहरुबाट विवरणहरू समेत आइसकेको बताउनुभयो । दर्ताबिना सञ्चालनमा रहेका चर्चहरूको विषयमा प्रमुख जिल्ला अधिकारीसँग केही दिनमै बसेर टुङ्गो लगाउने पुनले बताउनुभयो । तुलसीपुरमा  करिब २५ वटा चर्चहरु संचालनमा रहेकाे बुझीएकाे छ ।  येशूमा विश्वास गर्ने इसाई समुदायका मानिसहरू जमघट भएर संगति वा आरधना गर्ने थलोलाई मण्डली वा चर्च भन्ने गरिन्छ । 

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।