दाङ,१८ जेठ / मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाजको २८ औ स्थापना दिवसको अवसरमा आयोजित साता व्यापी कार्यक्रम अन्तर्गत बिहीबार रक्तदान कार्यक्रम गरेको शाखाका कार्यवाहक सभापति कोमल डिसीले जानकारी दिनुभयो । १० जनाले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रम उद्घाटन कार्यक्रममा समाजका बरिष्ठ उपसभापति सुशील बस्नेतले सामाजिक सेवामा समर्पित शान्ति समाजले रक्तदान कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, सामाजिक न्याय र सामाजिक सेवा नै धर्म हो । समाजका केन्द्रिय सदस्य तुलसीराम सुनारले जेठ १९ गतेको स्थापना दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यबाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका सदस्य भीमलाल मरासीनि,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शान्ति समाजले राजनीतिक अधिकारदेखि सामाजिक न्यायिकको क्षेत्रमा सञ्चालन गर्ने अभियान सह्रानीय रहेको बताउनुभयो । समाजका सचिव अमृत प्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
शान्ति समाजले स्थापन दिवसको अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तर्गत कारागार कार्यालय तुलसीपुरमा ७० थान बिभिन्न पुस्तक हस्तान्तरण गरेको थियो भने बुधरबा रानीघाटमा सरसफाइ गरेको छ । जेठ १९ गते भ्रष्टाचार विरुद्ध विशेष अन्तरक्रिया गर्ने तयारी गरेका छ । त्यस्तै, वस्त्र दान,वातावरण संरक्षणका लागि वृक्ष सरसफाइ लगायतका कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।