तुलसीपुर, ५ जेठ । नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले डाइलासिसकाे उपचार नपाएर मिर्गाैलाका बिरामीहरुले ज्यान गुमाइरहेका बेला अस्पतालमा आएका मेसिन अन्यत्र दिनु गैर जिम्मेर कार्य भएको बताउनु भएको छ । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ओम प्रसाद अर्यालले तीनवटा डाइलासिस मेसिन नेपालजञ्ज मेडिकल कलेजलाइ दिएको कुरा बाहिर आएपछि सभापति हमालको यस्तो प्रतिकृया आएको हो ।
संवेदनशील विषयमा गम्भिर नबन्नु अस्पताल प्रशासन र विकास समितिको चरम लापरबाही भएको सभापति हमालले बताउनुभयो । उपकरणहरु ल्याएर अस्पताललाई थप व्यवस्थित गर्दै बिरामीको उपचार गर्नुको साटो उल्टै भएका उपकरण अन्यत्र दिनु तुलसीपुरबासी सहित सिंगो दाङबासी माथिको कुठाराघात भएको हमालले बताउनुभयो ।
सरकारले दिएका उपकरण बाहिर गएको कुरा संचारमाध्यम मार्फत जानकारी पाएको बताउँदै नगर सभापति हमालले जसरी दिएको हो त्यसैगरी तत्काल डाइलासिस मेसिन फिर्ता ल्याएर यथासिघ्र सेवा विस्तार गर्न उहाँले माग समेत गर्नुभएको छ । जनताको पहलमा स्थापना भएको अस्पतालका सम्पति मनपरी ढंगले बाड्ने अधिकार मेसुलाई नभएको उहाँको भनाई छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २०७९ साउन १६ गते पठाएका डाइलासी मेसिन मध्य ३ वटा नेपालगञ्ज मेडिकल कलेजलाई २०७९ मंसिर २३ गते अर्यालले दिएको खुलेको छ ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।