२०८३ कार्तिक १२ गते बिहिवार

लागुपदार्थ दुर्व्यसनी अन्त्य गर्न अभिभावकसम्म पुग्दै नयाँ पाइला

तुलसीपुर चैत ११  ।  समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यशन अन्त्यका लागि नयाँ पाइला पुनस्र्थापना केन्द्र अभिभावकसम्म पुग्ने अभियान चलाएको छ । संस्था स्थापना भएदेखि नै दुव्र्यशनमुक्त समाज निर्माण गर्नका लागि समाजका विभिन्न संघ संस्थाहरुको समन्वय सहकार्यमा अभिभावकसम्म पुग्ने गरेको छ । हालसम्म साविक राप्ती अञ्चलका पाँच वटै जिल्लामा अभिभावक शिक्षा सम्पन्न गरेको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।

संस्थाले हालसम्म अभिभावक शिक्षाका लागि एक सय बढी विद्यालयमा एक लाख बढी पर्चा पम्पलेट वितरण गरेृको छ भने सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्थामा हालसम्म एक हजार बढीको उपचार पछि समाजमा पुर्नस्थापना गराइएको छ । संस्थाले लागुपदार्थ दुव्र्यशनीमा परेकाहरुलाई उपचारका साथै सीप समेत प्रदान गरेको छ । यसैबीच नयाँ पाइला पुर्न स्थापना केन्द्रको सहयोग एवम समाज कल्याण केन्द्रको आयोजनामा लागुपदार्थ दुव्र्यशन सम्बन्धी अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लागूऔषध दुव्र्यसनीको अवस्था विकराल रहेकाले यसको अन्त्यका लागि अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो । उहाँले लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा टोलसम्म नै पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसंगै चोरीका घटना बढेको बताउनु भयो । तीन बर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताउनुभयो । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताउनुभयो । राप्ती ईन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान बिभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताउनुभयो । यस्तै मनोपरामर्शदाता शैलेष शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ बर्षदेखि २० बर्षको उमेर समुहका रहेको बताउनुभयो । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनि चाख्ने बानीले बिस्तारै दुव्र्यसनी फसेको बताउनुभयो । उहाँका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ ।

लागूऔषध दुव्र्यसनीले समाजमा महिला हिंसा फैलाएको उहाँको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको बताउनुभयो । लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताउनुभयो । नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताउनुभयो ।

। घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डागीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताउनुभयो । आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

लागू पदार्थ दुव्र्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको बिषय लागूऔषध दुव्र्यसनी रहेको बताएका छन् । समाज कल्याण दाङको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना केन्द्रको सहयोग एंव राप्ती ईन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बैद्यको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।