तुलसीपुर, ३ चैत्र । दाङको तुलसीपुर– १८ गैरा बिजौरी निवासी क्यान्सर पीडित भीमबहादुर पुन मगरको परिवारलाई युवा व्यवसायीहरूले आर्थिक सहित खाद्यान्न सहयोग गरेका छन् । जय श्री हुनुमान म्यानुफ्याक्चरिङ प्रालिका सञ्चालक मोहन घर्तीले १० हजार, ५० किलो चामल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीले १० लिटर तोरीको तेल, तुलसीपुर मगर संघले ५० किलो चामल, दत्तबहादुर बुढाले २ हजार र अनिता बुढामगरले एक हजार आर्थिक सहयोग गर्नुभएको छ ।
निम्न वर्गीय क्यान्सर पीडित परिवारको घरमा खानको लागि घरमा अन्न नभएको खबर पाएपछि व्यवसायीहरूको टोली घरमै पुगेर सक्दो सहयोग गरेको हो । उपचारमा भएको धनसम्पत्ति र जग्गाजमिन बेचेर सकिएपछि साँझ बिहानको खान समेत धौधौ भएपछि गाउँलेले मानोमुठी उठाएर सहयोग गर्दै आइरहेका छन् । आर्थिक अभावमा क्यान्सर पीडित भीमबहादुर एक वर्षदेखि घरमै थलिनु भएकाे छ । यसैबीच सहयाेगीह दाताहरुलाइ क्यान्सर पीडित भीमबहादुर पुन मगरकी श्रीमती अमृता पुन मगरले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।


























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।