२०८३ मङ्सिर ९ गते बुधवार

लुम्बिनीमा २५ हजार बढी लागू औषधकर्ता छन् : डिआइजी राई 

तुलसीपुर, २६ माघ । लुम्बिनी प्रदेशका प्रमुख डिआइजी टेक प्रसाद राईले प्रदेशमा २५ हजार बढी लागू औषधकर्ता रहेको बताउनुभएको छ । मेट्रो कलेज तुलसीपुरमा अध्ययनरत बिएएलएलबीका विद्यार्थीहरूले आयोजना गरेको हामी सुन्छौ, हामी गर्छौ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी राईले प्रदेशमा २५ हजार ९ सय ३० जना लागू औषधकर्ता रहेको बताउनु भयो ।

देशभर ५.६ प्रतिशतका दरले लागू औषधका प्रयोगकर्ताहरू बढ्दै गएको बताउँदै दुर्व्यसनीमा फसेकाहरू अधिकांश अविवाहित रहेको उहाँले बताउनुभयो । शिक्षाको हिसावले ६ कक्षादेखि बिएसम्मका युवायुवतीहरू साथीभाइको लहलहैमा परेर दुर्व्यसनीमा फसेको बताउनुभयो ।

पछिल्लो समय घटनाको दृष्टिकोणले दुर्घटना, आत्महत्या, यौन हिंसा, साइबर अपराधहरू घटनाहरू सबैभन्दा बढी भएको बताउँदै  डिआइजी राईले अपराधमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्ने बेला भएको बताउनुभयो । पछिल्लो समय महिलाहरू आफन्तबाटै असुरक्षित भएको बताउँदै तत्काल प्रहरीलाई खबर गर्न आग्रह समेत गर्नुभयो ।।
 

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।