तुलसीपुर, ११ पुस । दाङको तुलसीपुरमा रड प्रहारबाट दुई युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका –७ निवासी १८ वर्षका सागर परियार र १७ वर्षका विशाल परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
रड प्रहारबाट घाइतेको टाउको र शरिरहका विभिन्न भागमा गहिरो चोट लागेको छ । सामान्य विवादका कारण गौरब हमाल सहितका ४/ ५ जनाको युवकको समूहले तुलसीपुर महोत्सवको गेट नजिकै युवालाई रड प्रहार गरेका थिए । गौरवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ । घटना बेलुकी ६ बजेकाे भएकाे थियाे ।
प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।