तुलसीपुर,९ मंसिर । हरेक वर्ष नोभेम्बर २५ तारिखका दिन मनाईने अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा “तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिकाको प्रतिबद्धता,लैंगिक हिंसा विरुद्ध शून्य सहनशिलता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । कार्यक्रमबारे प्रष्ट पार्दै महिला तथा बालबालि सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले विभिन्न प्रकृतिका घटनाहरुमा पनि महिला माथि हुने घरेलु हिंसाका घटना धेरै हुने भएकाले हिंसा न्यूनिकरणका लागी यो १६ दिने अभियानले सहयोग पुग्ने बताउनु भएको थियो ।
कार्यक्रमको अबसरमा महिला पुर्नस्थापना केन्द्र ओरेक दाङ जिल्ला संयोजक ईश्वरी थापा,न्यायिक समिति सदस्य देवि पोख्रेल,बालबालिका अभियानकर्ता नवराज लामिछाने लगाएतले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर—प्रमुख टिकाराम खड्काले शिक्षित व्यक्ति र घर परिवारबाटै महिला माथिका हिंसाका घटना धेरै हुने गरेको बताउनु भएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउनका लागी सबैको आवश्क हुने भएकाले सबैले सँगै हातेमालो गरी अभियानमा साथ दिन समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका वुद्धिजिवी,कर्मचारी,सुरक्षाकर्मी,अधिकारकर्मी,जनप्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । सामाजिक विकास समिति सदस्य बसन्ता केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखाकी ललिता कडेंलले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।