२०८३ कार्तिक १२ गते बिहिवार

बदर मत घटाउन प्रधानाध्यापकलाई मतदाता शिक्षा

तुलसीपुर २२ कात्तिक  ।  तुलसीपुर उपमहानगरपालिकाले बदर मत घटाउनका लागि पालिकाभित्र रहेका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिएको छ । निर्वाचन आयोगले प्रत्येक पालिकाहरुलाई महिला स्वयम सेविकामार्फत मतदाता शिक्षा प्रत्येक वडामा सञ्चालनका लागि कार्यविधि नै पालिकाहरुमा पठाएको छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले पालिकाभित्र रहेको ८७ वटा सामुदायिक र ६७ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिइएको बताउनुभयो ।

उहाँले अन्यपालिकामा महिला स्वयमसेविकाहरु मार्फत मतदाता शिक्षा गाउँ गाउँमा पु¥याएपनि तुलसीपुर उपमहानगरपालिकाले थप प्रभावकारी बनाउनका लागि स्वयम सेविकाका साथै विद्यालयका प्रधानाध्यापकहरुमार्फत मतदाता शिक्षा दिइएको बताउनुभयो । उहाँले जेष्ठनागरिक,निरक्षरहरुका लागि मतपत्र पट्याउने, स्वस्तिक छापको प्रयोग,मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरजस्ता सामान्य लाग्ने विषयबाटै मत बदरको संख्या बढ्दो क्रममा रहेकाले त्यस्तो कार्यलाई घटाउनका लागि मतदाता शिक्षा दिइएको बताउनुभयो ।

माध्यमिक विद्यालय भित्री सक्रामका प्रधानाध्यापक सूर्यबहादुर बस्नेतले मतदाता शिक्षा कार्यक्रमपछि विद्यालय,गाउँगाउँमा पुगेर प्रशिक्षणका लागि सहज भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मतदाताले मतदान गरेपनि सामान्य कुरामा जानकारी लिन नसक्दा मत बदरको संख्या बढेकाले विद्यालयका प्रधानाध्यापकहरुमार्फत शिक्षा दिदा थप प्रभावकारी हुने अपेक्षा राखिएको बताउनुभयो । उहाँले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनका लागि निर्वाचन आयोगले बजेट व्यवस्थापन नगरेपनि पालिकाबाटै बजेट व्यवस्थापन गरेर वडा वडामा महिला स्वयम सेविका पठाइएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापकहरुलाई मतदान कार्यमा समेत खटाउने भएकाले हस्ताक्षर,स्वस्तिक छापजस्ता कुरामा ख्याल गर्न समेत आग्रह गर्नुभएको हो । जिल्लामा अन्य पालिकाहरुले महिला स्वयम सेविकाहरुमार्फत मतदाता शिक्षा गाउँगाउँमा पु¥याएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।