तुलसीपुर, २१ कात्तिक । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा दाङ निर्वाचन ३ कका इन्चार्ज बालकृष्ण राना (धुव्र)ले मृगौला पिडित महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । निवर्तमान वडा अध्यक्ष रानाले तुलसीपुर ४ रक्षाचौर निवासी ४५ वर्षीया मृगौला पिडित रिता विष्टको उपचारका लागी पाँच हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । विगत लामो समयदेखि मृगौला पिडित
महिलाको घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारका लागी केहि राहत होस भन्ने उद्देश्यले सहयोग गरेको उहाले बताउनुभयो । पिडित महिलाका श्रीमान डण्डबीर विष्टलाई रानाले घरमा पुगेर चेक हस्तान्तरण गर्नुभएको हो । साथै उहाँले आगामी दिनमा पनि सक्दो सहयोगको लागी पहल गर्ने बताउनुभयो । पिडित महिलाको उपचारका लागी अहिले आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।