तुलसीपुर, ५ कार्तिक । तुलसीपुरमा करेन्ट लागेर ज्यान गुमाएका एक युवकको परिवारलाई ४५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ । वडा नम्बर ११ बाघेखोली निवासी वर्षका २० का बिपिन सुनारको करेन्ट लागेर मृत्यु भएकोमा वडा कार्यालयले किरियाखर्च स्वरूप २५ हजार र उपमहानगरले २० हजार गरि ४५ हजार प्रदान गरिएकाे हो ।
वडा कार्यालयमा आज बसेको बैठकले स्वर्गीय सुनारको बुवा उदय सुनारलाई राहत स्वरुप रकम प्रदान गर्ने निर्णय भएको हो ।” वडाले एक होनहार युवा गुमाएकोमा शोक प्रस्ताव पारित गर्दै राहत स्वरूप २५ हजार उपलब्ध गराउने निर्णय बमोजिम प्रदान गरिएको हो ” – वडाध्यक्ष मान बहादुर रावतले भन्नुभयो ।
मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले २० हजार रुपैयाँ उपलब्ध गराउने भएको सामाजिक विकास समितिका संयोजक समेत रहेका रावतले जानकारी दिनुभयो । सुनारको बिहीबार क्वाङखाेलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियोे ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।