चिराघाट, ५ कार्तिक । शान्तिनगर गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको छ । गाउँपालिकाले शान्तिनगर – ४ को जुम्लेकुला २ को बाघमारे, सिमसुन्दरपुर, त्यसैगरी – १ को खिलतपुरमा रहेका पसल हरुमा अनुगमन गरेको हो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आउनु अगाडि गाउँपालिकाले अनुगमन कार्यलाई अगाडि बढाइएको छ ।
अनुगमनको क्रममा पसलहरु दर्ता बिना संचालन गरिएको र म्याद गुज्रिएका सामानहरु फेला पारेको छ । साथै अनुगमन टोलिले एउटै पसलमा विभिन्न थरिका सामानहरु बेच्ने गरेको जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसी बुढाथोकीको संयोजकत्वमा खटिएको अनुगमन टोलिले उक्त स्थानमा रहेका किराना पसल, कस्मेटिक पसल, होटेल, फेन्सी, ब्युटीपार्लर, हार्डवयर, मेडिकल, एग्रोभेट, पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमन टोलिमा गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसी बुढाथोकी , प्रमुख प्रसासकीय अधिकृत डिल्ली खडका, प्रसासन प्रमुख कृष्ण कंडेल, पत्रकार निराश पान्डे, उद्योग बाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा र प्रहरी चौकी चिराघाटका प्रतिनिधिको सहभागिता रहेको थियो अनुगमन आइतबार पनि गरिने छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।