तुलसीपुर, १ कार्तिक । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिक पनि सचेत हुनुपर्ने बताउनु भएको छ । श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान र बुवा आमाले छोराछोरीको रेखदेख र निगरानी गर्नुपर्ने उहाँले बताउनुभयो । नागरिकले आफूले गर्ने दायित्व पुरा नगर्दा तुलसीपुर क्षेत्रमा केही घटनाहरू हुने गरेको बताउँदै शान्ति सुरक्षा कायम गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।
‘बढ्दो प्रविधिसँगै हाम्रा आनीबानी परिवर्तन भएका छन् । अर्काको भर पर्नुभन्दा पनि हामी पनि स्वयम् सचेत र सजग हुनुपर्छ । २०५८ सालमा डेढ लाख जनसंख्या हुँदा कायम गरिएको प्रहरीको एक हजार जनसङ्ख्याको दरबन्दी साढे ६ लाख पुग्दा सम्म थपिएको छैन ।’ रेग्मीले भन्नुभयो ।
प्रहरीलाई स्वतन्त्रपूर्व काम गर्ने वातावरण सबैले तयार गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले नेताहरूले दबाब दिन नहुने बताउनुभयो । आपराधिक कृयाकलाप न्यूनिकरण गर्न सरकारले जनसङ्ख्याको अनुपातमा जनशक्ति र आवश्यक स्रोतसाधनमा वृद्धि, पूर्वाधारको विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।