तुलसीपुर, २४ असोज । दाङको तुलसीपुर स्थित हात्तीखौवा नजिकै पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१ बयालेकोट निबासी ४४ बर्षका नुमप्रसाद भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
स्थानीयले आज बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गरेका कारण खाल्डाेमा परेर मृत्यु भएकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।